ट्रेन्डिङ

पर्साबाट ६६ लाख मूल्यका ‘अल्मण्डस’ लोड रहेको ट्रक पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले लाखौँ मूल्य बराबरका भन्सार छली ल्याइएका बदामसहित ट्रक नियन्त्रणमा लिएको छ ।

प्रहरीले विशेष सुचनाको आधारमा वीरगन्ज वडा नम्बर २१ परवानीपुर चोकबाट ६६ लाख मूल्य भन्दाबढीका बदाम (अलमण्डस) लोड रहेको ट्रक नियन्त्रणमा लिएको हो ।

प्रहरीले भन्सार छली ल्याउँदै गरेको अवस्थामा ६६ लाख २४ हजार ३४ रुपैँया बराबरका अल्मण्डससहितको ट्रक पक्राउ गरेको प्रहरी नायब उपरीक्षक दीपक भारतीले बताए ।

उनका अनुसार वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ख ७६७३ नम्बरको ट्रकबाट बिल बिजकभन्दा बढीका अल्मण्डस बरामद भएको हो ।

बरामद बदाम सहितको ट्रक थप कारबाहीका लागि पथलैया राजश्व कार्यालय पठाइएको प्रहरीले जनायो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै