Close This

ट्रेन्डिङ

८ दिनको तालिमका लागि हिँडेका मधेस सरकारका मुख्यसचिव पौडेल करिब डेढ महिनादेखि गयल

जनकपुर  । मधेस सरकार लामो समयदेखि मुख्यसचिवविहीन भएको छ । प्रदेशमा मुख्यसचिव अनुपस्थित हुँदा सरकारको कामकाज प्रभावित भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अनुसार मुख्यसचिव लोकनाथ पौडेल झण्डै डेढ महिनादेखि कार्यालय बाहिर छन् ।

करिब ७/८ दिनको तालिमका लागि २७ भदौंदेखि गएदेखि मुख्यसचिव पौडेल अहिलेसम्म अनुपस्थित नै रहेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय स्रोतले जनाएको छ ।

मुख्यसचिव पौडेलले अख्तियारी दिएर नजाँदा प्रदेश सरकारको कामकाज ठप्प हुनुको साथै सेवाग्राहीलाई समेत मर्का परीरहेको गुनासो छ ।

प्रदेश सांसद श्याम पटेलले भने, ‘मुख्यसचिवज्यू नहुँदा धेरै काम प्रभावित भएको छ, कुनै पनि सरकारी काम गराउन जाँदा उहाँ नभएपछि त्यो काम हुन सकिरहेको छैन । जसकारण जनताका धेरै कामहरु पेन्डिङ्मा छन्, कतिपय ठाउँमा हामीले गालीसमेत खानु परिरहेको छ । तैपनि मुख्यसचिवज्यूको अतोपतो छैन ।’

उनका अनुसार यदि प्रदेश सरकारमा बस्नु छैन भने किन ठाउँ कब्जा गरेर राख्नुप¥यो । ‘भ्याउँन सकिएको छैन भने अरु ठाउँमा सरुवा गराएर जाँदा हुन्छ त,’ उनले भने ।

नाम नराख्ने शर्तमा एक सेवाग्राहीले भने, ‘मेरो सरुवाको पत्र तयार पार्नु छ, तर मुख्यसचिवज्यू नभइदिएर मलाई ग्राहो भइरहेको छ । किनकी, त्यो पत्र बनाउने अख्तियारी निमित्तज्यूलाई छैन, जसको कारण मेरो काम रोकिएको छ ।’

प्रदेशका मुख्यमन्त्री सतिस सिंहले मुख्यसचिव एक साताको बाहिर गएको स्वीकारे । तर अहिलेसम्म कार्यालयमा नआएको उनी बताउँछन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै