जनकपुरधाम । चालु आर्थिक वर्षमा पाँच करोडभन्दा बढी मूल्यका आयोडिनयुक्त नुन बिक्री भएको छ ।
साल्ट कर्पोरेसन लिमिटेड शाखा कार्यालय जनकपुरधामले तीन महिनामा पाँच करोड २३ लाख रुपियाँ बराबरको आयोडिनयुक्त नुन बिक्री गरेको हो ।
प्रदेश राजधानी धनुषासहित महोत्तरी तथा सिन्धुली कार्यक्षेत्र रहेको कार्यालयले ती ३ वटा जिल्लाहरुमा २५ वटा डिलरमार्फत आयोडिनयुक्त नुन बिक्री गर्दै आएको जनाएको छ ।
चालु आर्थिक वर्ष २०८१÷०८२ को साउन महिनादेखि असोज महिनासम्म ती डिलरमार्फत ४५ हजार तीन सय ७० बोरा नुन बिक्री गरेको कार्यालय प्रमुख शुभनारायण साहले जानकारी दिए ।
उनका अनुसार आयोडिनयुक्त नुन प्रतिबोरा एक हजार १५० दरले बिक्री भइरहेको छ ।
साथै दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी सुपथ मूल्यका पसल सञ्चालनमा ल्याइ नुन बिक्री गरिरहेको उनले बताए ।