ट्रेन्डिङ

रौतहटबाट ५ लाख मूल्यका सामानसहित मोटरसाइकल नियन्त्रणमा

रौतहट । सशस्त्र प्रहरीले रौतहटबाट लाखौँ मूल्य बराबरका सामानसहित मोटरसाइकल नियन्त्रणमा लिएको छ । जिल्लाका फरकफरक स्थानहरुबाट ५ लाख रुपैँयाका सामानसहित मोटरसाइकल नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बल नम्बर ११ हेक्वा गौर र मातहतका युनिट बाट खटिगएको गस्ती टोलीले ५ लाख ३४ हजार ३७७ रुपैँया मूल्य बराबरका सामान बरामद गरेको जनाएको छ ।

सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईँका अनुसार टोलीले १ लाख ९० हजार ६५५ बराबरको लत्ताकपडा, १ लाख ८५ हजार ३२२ बराबरको किराना तथा ड्राई फ्रुट्स, १ थान मोटरसाइकल लगायतका सामान पक्राउ गरेको हो ।

बरामद सामानसहित मोटरसाइकल आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै