वीरगन्ज । भारतीय सहर रक्सौलमा बहुचर्चित ब्राण्ड टाटाको ‘तनिष्क ज्वेलर्सको शो रुम’ उद्दघाटन गरिएको छ । रक्सौलमा स्थानीय व्यवसायी एवम् शो रुम सञ्चालक कलीम अहमदले उद्दघाटन गरेका थिए ।
शो रुम शुभारम्भ कार्यक्रममा वीरगन्जका महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहको समेत उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख सिंहले सिमावर्ती शहरमै विशेष शो रुमको उद्दघाटन गरिएकोप्रति खुसी व्यक्त गरे । उनले यो शो रुमबाट महानगरबासीले समेत सुविधा लिने उनको विश्वास छ ।
ज्वेलर्सको विशेष शो रुमको उद्दघाटन समारोहमा वीरगन्ज लगायत रक्सौलका व्यवसायी, विभिन्न पार्टीका नेताहरु, समाजसेवी, सर्वसाधारण एवम् सञ्चारकर्मीहरु उल्लेख्य उपस्थिती रहेको थियो ।
ज्वेलर्स उद्दघाटन समारोहलाई सम्बोधन गर्दै संचालक कलीमले १०० प्रतिशत ग्यारेन्टीका साथ गरगहनाहरु बिक्री वितरण गर्ने प्रतिवद्धता जनाए । उनले भने, ‘टाटा एक बहुचर्चित ब्राण्ड हो । यो ब्राण्डलाई ईन्डियाका मानिसहरुले वर्षौदेखि विश्वास गर्दै आइरहेका छन् । तसर्थ यहाँबाट खरिद गर्नुहुने सुन, चाँदी, हिरा मोतीका गरगहनाहरुमा हामी कुनै छलकपट गर्नेछैनौँ ।’
टाटा ब्रान्डको सुनमा शुद्धताको गारेन्टी रहेको उनको भनाई थियो । बिदेशमा पनि यस्को महत्व रहेको प्रकाश पार्दै उनले कतार, युएई, ओमान, अमेरिका लगायतका शहरहरुमा समेत यसको फ्रेन्चाइज रहेको बताए ।