ट्रेन्डिङ

दसैँमा दुर्घटना : पर्सा जिल्लाभर ३१ वटा सवारी दुर्घटना, ४ जनाको मृत्यु

१०६१ सवारी साधन कारवाहीमा

वीरगन्ज । दसैँमा पर्सा जिल्लामा सवारी दुर्घटनामा परी ४ जनाले ज्यान गुमाएका छन् । असोज १७ गते घटस्थापनादेखि पूर्णीमासम्मको अवधिमा सवारी दुर्घटनाका कारण ४ जनाको ज्यान गएको हो ।

यो १५ दिनको अवधिमा जिल्लाभर भएका ३१ वटा सवारी दुर्घटनामा परेका थिए । जसकारण ४ जनाको उक्त दुर्घटनामा परी मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ ।

दुर्घटनामा ५ जना गम्भिर घाइते र ५१ जना भने सामान्य घाइते भएका छन् । यसरी दुर्घटनामा संलग्न सवारी साधनहरुमा ट्रक, ट्यांकर, टिपर, बस, जिप, ट्याक्टर, मोटरसाइकल, टेम्पो र साइकल लगायतका रहेका छन् ।

दसैँको अवधिमा एक हजार ६१ वटा सवारी साधनलाई कारवाही गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका इन्स्पेक्टर लोकराज भट्टले जानकारी दिए । मादक पदार्थ सेवन गरी सवारी चलाउने, हेलमेट नलगाउने, ट्राफिक नियम उल्लंघन गर्ने तथा क्षमताभन्दा बढी यात्रु राख्नेहरु यस पटकको दसैँ अवधिमा कारबाहीमा परेका उनले बताए ।

उनका अनुसार ती सवारीमाथि कारबाही गरी ९ लाख २२ हजार ५०० रुपैँया राजश्व संकलन गरिएको छ ।

साथै सो अवधिमा प्रहरीले ट्राफिक प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रमहरुसमेत आयोजना गरेको जनाएको छ । प्रहरीका अनुसार जिल्लाका फरकफरक स्थानहरुमा गरी ४४ स्थानमा जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको थियो । जसमा ४ हजार ८६० जनाले कार्यक्रममा सहभागीता जनाएका थिए ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै