ट्रेन्डिङ

पर्सा प्रहरीले झण्डै ४ लाखका सामान वीरगन्ज भन्सारमा बुझायो

वीरगन्ज । पर्सा प्रहरीले झण्डै ४ लाख मूल्यका भन्सार छलीका सामान पक्राउ गरेको छ । विशेष सुचनाको आधारमा जिल्लाका विभिन्न स्थानहरुबाट भन्सार छलीका सामान पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले भन्सार छली ल्याउँदै गरेको अवस्थाबाट खाद्यान्न तथा लत्ताकपडाहरु नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक दीपक भारतीले जनाए ।

उनका अनुसार प्रहरीले ३ लाख ७४ हजार ११० रुपैँया बराबरका सामान पक्राउ गरेको हो ।

बरामद सामान आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनायो ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै