ट्रेन्डिङ

रास्वपाले ७७ वटै जिल्लाका सिडिओमार्फत सरकारलाई ज्ञापन बुझाउने

काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ७७ वटै जिल्लाबाट सरकारलाई ज्ञापनपत्र दिने भएको छ ।

सभापति रवि लामिछाने पक्राउको विरूद्धमा ७७ वटै जिल्लाबाट पार्टीका नेता तथा कार्यकर्ताले सरकारलाई ज्ञापनपत्र बुझाउने भएका हुन् ।

पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेलाई सरकारले राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको भन्दै प्रत्येक जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) मार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने तयारी गरिएको रास्वपाले जनाएको छ ।

सहमहामन्त्री कवीन्द्रप्रसाद बुर्लाकोटीले आफूहरु न्यायको प्रक्रियामा सघाउन तयार रहेको तर सरकारले राजनीतिक प्रतिशोध साँधेर सभापति लामिछानेलाई पक्राउ गरेको जनाए । त्यसविरुद्ध ७७ वटै जिल्लाका साथीहरूले प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको उनको भनाइ छ ।

उनका अनुसार सभापति लामिछानेलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइएको छ । प्रक्रिया हेरेर पार्टीले थप कार्यक्रम ल्याउँछ । अहिले साथीहरूले जहाँ जहाँबाट शान्तिपूर्ण आन्दोलन गरिरहनुभएको जारी रहन्छ । भ्रष्टाचारीहरूको सरकार अन्त्य नभएसम्म आन्दोलन जारी रहन्छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै