Close This

ट्रेन्डिङ

रवि लामिछाने पक्राउको विरोधमा रास्वपा पर्साले निकाल्यो सरकारको शव यात्रा

वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउको विरोधमा वीरगन्जमा विरोध प्रदर्शन भएको छ ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि (रास्वपा) कार्यकर्ताहरुले वीरगन्जमा विरोध प्रदर्शन गर्नुको साथै सरकारको शव यात्रा निकालेका छन् ।

रास्वपाका जिल्लाका नेता तथा कार्यकर्ताहरुले सभापति लामिछाने पक्राउको विरोध गर्दै ओली सरकारको शव यात्रा निकालेका हुन् ।

‘राजनीतिक प्रतिशोध विरुद्धको ऐक्यवद्धता, शान्तिपूर्ण ¥याली’ को ब्यानरसहित रास्वपा पर्साले आन्दोलन सुरु गरेको हो ।

रास्वपा पर्सा जिल्ला संयोजक हरि पन्तको नेतृत्वमा क्लासिक ब्याङ्क्वीट निकालिएको जुलुसले नगरका विभिन्न भागको परिक्रमा गर्दै घण्टाघरमा पुगेर कोण्सभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै रास्वपा पर्सा जिल्ला संयोजक पन्तले राजनीतिक प्रतिशोध साँधेर सरकारले अराजनीतिक कदम चालेको बताए ।

उनले पार्टी सभापतिलाई तत्काल बिना शर्त रिहा गर्नुपर्ने माग गरेका छन् । यद्यपी सरकारले राजनीतिक प्रतिशोध साँधेर सभापति लामिछानेलाई रिहा नगरे आन्दोलनले उग्र रुप लिने रास्वपा पर्साको चेतावनी छ ।

रास्वपा पर्साका नेता तथा कार्यकर्ताहरु विभिन्न ब्यानरसहितको प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका हुन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै