वीरगन्ज । वीरगन्जको नारायणी अस्पतालमा निशुल्क खाना खुवाइएको छ । वीरगन्ज समाज सेवाको आयोजनामा निशुल्क खाना खुवाइएको हो ।
संस्थाले हरेक शनिबार बिहान १० बजेदेखि अस्पताल प्राङगणमा बिरामी, उनका आफन्त तथा गरिब, असहायहरु लगायतलाई निशुल्क खाना वितरण गर्दै आएको छ । सोही कार्यक्रम अन्र्तगत आज खाना वितरणको २६ औँ समेत निशुल्क खाना खुवाइएको संस्थाका अध्यक्ष अशोक कुमार गुप्ताले जानकारी दिए ।
कुनै पनि नागरिक स्वच्छ, सफा तथा पोषिलो खाना खानबाट वञ्चित नहोस् भन्ने उद्देश्यले हरेक हप्ताको शनिबार निशुल्क खाना वितरण गर्ने गरेको उनको भनाइ छ ।
खानाका परिकारहरुमा दाल, भात, तरकारी र अचार रहने जनाइएको छ । वीरगन्ज समाज सेवाका सदस्य अभिलाष गुप्ताका अनुसार यहाँबाट हरेक हप्ता ४५० देखि ५०० जनासम्मले निशुल्क रुपले खाना खाने गरेका छन् ।
उनले आफूहरुलाई सहयोग गर्न इच्छुक हुनेहरुलाई मिलेर अगाडी बढ्न अनुरोध समेत गरेका छन् ।