
वीरगन्ज । वीरगन्जमा दुइ छुट्टाछुट्टै स्थानमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रमहरुबाट एक सय १८ पोका रगत संकलन भएको रक्तसञ्चार केन्द्र वीरगन्जले जनाएको छ । गण्डक चोक र परवानीपुरमा सम्पन्न दुइ छुट्टाछुट्टै कार्यक्रममा एक सय १८ पोका रगत संकलन भएको हो ।
न्यू राव इन्टरप्राइजेजको आयोजनामा गण्डकमा सम्पन्न कार्यक्रममा एक जना महिलासहित ८४ जनाले रगतदान गरेका थिए । डा. ए.इ अन्सारी तथा न्यू राव इन्टरप्राइजेजका राम सिंह पटेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको जनाइएको छ ।
यसैगरी परवानीपुरको चोर्नीस्थित दृष्टि युवा क्लवको आयोजनामा भएको कार्यक्रममा एक जना महिलासहित ३३ जनाले रक्तदान गरेका रक्तसञ्चार केन्द्र वीरगन्जका प्रमुख सौरभराज पाण्डेले जनाए ।
दृृष्टी युवा क्लबको पहिलो वार्षिकोत्सवको अवसरमा भएको कार्यक्रमको अध्यक्षता क्लवका अध्यक्ष बिशाल पासवानले गरेका थिए ।
दुई कार्यक्रममा राम सिंह पटेल, दिपक साह कानु, चन्दन पासवान, रमेश कुमार केसी, राजु साह कानु, अजय साह, सन्दीप कुमार कुर्मी, धिरज कुमार सिंह, रबिन्द्र साह कानु, रामराजा यादव, हरि कृष्ण पटेल, रामबाबु पटेल, लालबाबु साह कानु, कृपा कुमार कुर्मी, सुधिर पटेल, बलिराम राम, राम नरेश महतो, राजु मण्डल, कृष्ण कुमार पटेल, प्रधुमन मण्डल, रामदरस पण्डित, प्रदीप मण्डल, सन्तोष राम, मुन्ना हजरा, श्रीकान्त पटेल लगायतकाले रगतदान गरेका रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ताले बताए ।
कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगन्जका प्राविधिक टोलीले प्राविधिक सहयोग उपलब्ध गराएका थिए ।