ट्रेन्डिङ

बाराबाट २७ लाख मूल्यका सामान लोड रहेको ट्रक नियन्त्रणमा

वीरगन्ज । बारा प्रहरीले २७ लाख मूल्यका भन्सार छलीका सामानसहित ट्रक नियन्त्रणमा लिएको छ । प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका-७ जितपुर चोकबाट सामानसहितको ट्रक नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरी टोलीले ना ३ ख २९४६ नम्बरको ट्रक रोकेर जाँच गरेको थियो । सोही क्रममा ट्रकबाट बिल बिजकभन्दा बढीका सामान बरामद भएकोले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए ।

उनका अनुसार ट्रकबाट भन्सार छलीका लत्ताकपडा, जिन्स, रसायन पदार्थ र जाली बरामद भएको हो । बरामद सामानको मूल्यांकन २७ लाख १२ हजार ७३४ रुपैँया कायम गरिएको छ ।

बरामद सामानसहित ट्रक आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनायो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै