काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् ।
कास्की जिल्ला अदालतले उनीविरुद्ध संगठित अपराध र सहकारी ठगी कसूरमा अनुसन्धान गर्न पक्राउ पुर्जी जारी भएको हो ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एसपी होबिन्द्र बोगटी नेतृत्वको टोली रविलाई पक्राउ गरेको हो ।
उनलाई पार्टी कार्यालयबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।