
सर्लाही । सर्लाहीका चार पालिकाले अझै बजेट ल्याउन सकेका छैनन् । राजनीतिक खिचातानी र बजेट बाँडफाँटमा कुरा नमिल्दा जिल्लाका चार पालिकाहरुले बजेट ल्याउन नसकेका हुन् ।
यसरी बजेट नल्याउने पालिकाहरुमा कविलासी नगरपालिका, विष्णु, बसबरिया र पर्सा गाउँपालिका रहेका छन् ।
बजेट नआउँदा चारवटै पालिकामा विकास निर्माण ठप्प छ भने नागरिकले सामाजिक सुरक्षा भत्ता पनि पाउन सकेका छैनन् । यस्तै समयमै बजेट नआउँदा कर्मचारीहरु समेतले तलब सुविधाबाट वञ्चित हुनुपरेको छ ।
चारवटै पालिकामा राजनीतिक किचलो तथा बजेट बाँडफाँटमा जनप्रतिनिधिबीच कुरा मिल्न सकेको छैन । जसको असर प्रत्यक्ष रुपले बजेटमा परेको छ ।
बजेट नआएकै कारण ती पालिकामा सामाजिक सुरुक्षा भत्तासमेत वितरण हुन सकेको छैन ।