
वीरगन्ज । वीरगन्जमा ३ दिने फोटो प्रदर्शनीको उद्दघाटन गरिएको छ । नेपाल पिक्चर लाइब्रेरीको आयोजनामा विर्तास्थित त्रिजुद्ध माध्यमिक विद्यालयमा फोटो प्रदर्शनीको उद्दघाटन गरिएको हो ।
‘सार्वजनिक जीवनमा महिलाः महिलावादी स्मृतिको एक पहल” प्रदर्शनीको देशव्यापी यात्राको पहिलो चरण अन्र्तगत वीरगन्जमा प्रर्दशनीको सुरुवात भएको आयोजकले जनाएको छ ।
यो परियोजना २०७५ सालमा नेपाल पिक्चर लाइब्रेरीको दस्तावेज र अभिलेख सृजनाको पहलबाट सुरु भएको हो । यस्तै २०८० सालमा पुस्तकको रूपमा पनि प्रकाशित भएको थियो ।
प्रदर्शनीले राजधानी काठमाडौँसहित भारतको नयाँदिल्ली, कोची, अन्र्तराष्ट्रिय सहरहरु इस्तानाबुल , सिङगापुर, नेदरल्याण्डको ब्रेडा लगायतमा आफ्नो यात्रा सफल गरिसकेको छ ।
फोटो प्रर्दशनीको मुख्य उद्देश्य दृश्य अभिलेख, मौखिक इतिहास, र सामुदायिक संलग्नता मार्फत नेपालको महिलावादी इतिहासलाई संरक्षण एवम् प्रसार गर्नु रहेको आयोजक नेपाल पिक्चर लाइब्रेरीले जनायो ।
यस्तै नेपालका महिलाहरूले सार्वजनिक जीवनमा पु¥याएको योगदानलाई उजागर गर्दै नेपाली समाजमा उनीहरूको ऐतिहासिक महत्वलाई स्थापित गर्नु पनि यसको मुख्य उद्देश्य रहेको नेपाल पिक्चर लाइब्रेरीका अनुसन्धान प्रमुख दिवश राजा केसीले बताए ।
उद्दघाटन कार्यक्रममा प्रशासन प्रमुख निशान्त सिल्पकार, फोटो संकलन प्रमुख शिखर भट्टराई, लाइब्रेरीयन सरिता सिंह, फोटो सर्कल ग्रुपका अध्यक्ष नयन तारा गुरुङ, कम्युनिकेसनका सम्झना नेपाली लगायतकाको उपस्थित थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी वीरगन्ज शाखाकी उपाध्यक्ष मधुराणा, वीरगन्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाईं लगायतको समेत सहभागीता रहेको थियो ।