Close This

ट्रेन्डिङ

रक्तसञ्चार केन्द्र वीरगन्जबाट २ हजार युनिट रगत वितरण, प्रमुख भन्छन् – केन्द्रमा अहिले रगत अभाव छैन

वीरगन्ज । रक्तसञ्चार केन्द्र वीरगन्जबाट एक महिनामा दुइ हजार युनिटभन्दा बढी रगत वितरण गरेको छ । केन्द्रले वितेको असोजको एक महिनामा दुइ हजार ४ युनिट रगत वितरण गरेको हो ।

विभिन्न सङ्घसंस्था, विद्यालय, प्रहरी तथा समूहसँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरी रगत संकलन गर्ने गरेको केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख सौरभराज पाण्डेका अनुसार वितेको महिनामात्र विभिन्न १७ वटा स्थानहरुमा कार्यक्रम आयोजना गरी एक हजार ६६ युनिट रगत संकलन गरीएको हो ।

जहाँ एक हजार ९ जना पुरुष र ५८ जना महिलाहरुले रक्तदान गरेका थिए । केन्द्रबाट गएका दुइ हजार ४ युनिट रगतमध्ये ३९१ युनिट भने फिर्ता आएको प्रमुख पाण्डेको भनाइ छ ।

त्यसअघि भदौ महिनामा केन्द्रबाट एक हजार ९२९ युनिट रगत वितरण भएको थियो ।

कुन रगत बढी वितरण :

रक्तसञ्चार केन्द्र वीरगन्जबाट वितरण हुने रगतहरुमा सबैभन्दा बढी ‘बी’ पोजेटिभ’ र कम नेगेटिभ’ समूहका छन् ।

प्रमुख पाण्डेका अनुसार यसरी वितरण गरिएका रगतहरुमध्ये बी पोजेटिभ मात्र ४० प्रतिशत रगत गएको छ । यसैगरी त्यसपछि ओ पोजेटिभ रगत ३० प्रतिशत वितरण भएको छ ।

यस्तै ए पोजेटिभ १५ प्रतिशत, एबी पोजेटिभ १० प्रतिशत रगत केन्द्रबाट बाहिर गएको छ । नेगेटिभ समूहका रगतहरु भने ५ प्रतिशत मात्र वितरण गरिएका केन्द्रले जनाएको छ ।

रगत अभाव छैन :

केन्द्रमा अहिले रगत अभाव नरहेको जनाइएको छ ।

चाडपर्वको समयमा पनि विभिन्न संघ संस्थाहरुसँगको मद्दतबाट रगतको पूर्ती भइरहेकाले यहाँ रगतको अभाव नभएको केन्द्रले जनाएको छ ।

यहाँ दैनिक ८० युनिटसम्म रगतको माग हुने गरेको बताउँदै प्रमुख पाण्डेले केन्द्रमा हाल २५० युनिट रगत मौज्दात रहेको बताए । उनका अनुसार हाल केन्द्र सम्पूर्ण समूहका रगत पर्याप्त मात्रामा छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै