काठमाण्डौँ । स्वास्थ्य मन्त्रालयले आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै छ ।
६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने मन्त्रालयले जनाएको छ । बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ए र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ ।
यसैबिच पर्सा जिल्लामा ९८ हजार ८९८ जना बालबालिकालाई औषधी खुवाइदैँछ । जिल्लाभर ३८२ खोप केन्द्र स्थापना गरी ८०२ जना स्वयम्सेविकाहरुको सहयोगले औषधी खुवाइने स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।