ट्रेन्डिङ

करेन्ट लागेर एक जना बालिकाको ज्यान गयो

२ जना घाइते

महोत्तरी । करेन्ट लागेर महोत्तरीमा एक जना बालिकाको मृत्यु भएको छ । भने थप दुइ जना घाइते भएका छन् । जिल्लाको गौशाला नगरपालिका शुक्रबार बिहान करेन्ट लागेर एक जना बालिकाको मृत्यु भएको हो ।

करेन्ट लागेर गौशाला ३ स्थित पचाइन टोलकी १२ वर्षीया करिनाकुमारी महतोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बालिकासँगै खेततर्फ जाँदै गरेका छिमेकका १४ वर्षीया साथी विमाकुमारी महतो र १८ वर्षीया राधाकुमारी महतो घाइते छन् ।

बलिकाको शव मुचुल्का गरी पोष्टमार्टमका लागि बर्दीबास अस्पताल पठाइएको छ । घाइते बालिकाहरुलाई गौशालास्थित निजी अस्पतालमा भर्ना गरिएको छ ।

मृतक बालिकाका बुवा विहारी महतोका अनुसार गाँउकै अन्य तीन जना साथी सहेलीसँग आज बिहान ७ बजेतिर घाँस काट्न खेततर्फ जाँदै गर्दा करिनालाई सोही गाउँका तरकारी कृषकले खेतको सुरक्षाका लागि लगाएको तारजालीमा छुँदा मृत्यु भएको हो ।

गाउँ नजिकको तरकारी खेतको सुरक्षाका लागि जग्गाधनीले घेरवेर गरेको तारजालीमा करेन्ट प्रवाह गरेका थिए । करेन्ट प्रवाहबारे जानकारी नहुँदा सोही तारजालीमा छोइएपछि घटना वारदात भएको प्रहरीले जनाएको छ । करेन्ट प्रवाह गर्ने जग्गाधनीको खोजी जारी छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै