Close This

ट्रेन्डिङ

शुक्रबार (भोली) देखि देशभरि सुरु, पर्सामा ९८ हजारभन्दा बढी बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाइने

३८२ खोप केन्द्र

वीरगन्ज । सरकारले बालबालिकाका लागि शुक्रबारदेखि ‘राष्ट्रिय भिटामिन ए कार्यक्रम’ सञ्चालन गर्दैछ । ६ महिनादेखि ५९ महिना उमेर समूहका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाइँदैछ ।

कार्यक्रम अन्र्तगत पर्सा जिल्लाका बालबालिकाहरुलाई कात्तिक २ र ३ गते अर्थात् शुक्रबार र शनिबार भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइने जनाइएको छ ।

जिल्लाका ९८ हजारभन्दा बढी बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाउने लक्ष्य लिएको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ । कार्यक्रममार्फत ९८ हजार ८९८ जना बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाउने कार्यालयको लक्ष्य रहेको जनाइएको छ ।

वीरगञ्ज महानगरपालिकासहित सबै नगरपालिका, गाउँपालिकाका हरेक वडाहरुका स्वास्थ्य सस्ंथाबाट औषधी खुवाउनका लागि खोप केन्द्र तोकिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । खोप अधिकृत अनिल मिश्रका अनुसार जिल्लाभर ३८२ वटा केन्द्र तोकिएको छ ।

कुन उमेर समूहलाई कति क्याप्सुल ?

पर्साका ५२ हजार ६८२ जना बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने लक्ष्य लिइएको छ । खोप अधिकृत मिश्रका अनुसार १२ महिनादेखि ५ वर्ष उमेर समूहका ४६ हजार २१७ जना बालबालिका र ६ हजार ४६५ जना ६ देखि १२ महिनासम्म गरी जम्मा ५२ हजार ६८२ जना बालबालिकालाई ‘क्याप्सुल’ खुवाइन्छ ।

उनका अनुसार ६ महिनादेखि १२ महिनासम्मका बालबालिकालाई आधा क्याप्सुल, १२ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई १ क्याप्सुल भिटामिन ए खुवाइन्छ ।

कतिलाई जुकाको औषधी ?

कार्यालयका अनुसार यो दुइ दिनको अवधिमा ४६ हजार २१६ जनालाई जुकाको औषधी खुवाइने लक्ष्य छ ।

१ देखि २ वर्षसम्मका १२ हजार ५५६ र २ देखि ५ वर्षका ३३ हजार ६६० जना बालबालिकालाई जुकाको औषधी खुवाइने तयारी छ ।

१ देखि २ वर्षसम्मका बालबालिकालाई आधा चक्की र २ वर्षदेखि ५ वर्ष समूहका बालबालिकालाई १ चक्की जुकाको औषधी खुवाइन्छ ।

भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन आएकामध्ये यसअघि खोप लगाउन छुटेका बालबालिकालाई नजिकको स्वास्थ्य संस्थामा पठाई खोप लगाउने व्यवस्था पनि मिलाइएको छ । यसका लागि स्थानीय तहहरुले सबै वडा र पाएक पर्ने स्थानमा स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरिने अधिकृत मिश्रले जनाए ।

बढी महानगरमा बालिबालिकालाई औषधी खुवाइदै

जिल्लाका १४ वटा पालिकामध्ये सबैभन्दा बढी वीरगन्ज महानगरपालिकाबाट भिटामिन ए र जुकाको औषधी खुवाइदैँछ । भने सबैभन्दा कम ठोरी गाउँपालिकाबाट बालबालिकालाई खुवाइनेछ ।

कार्यालयका अनुसार वीरगन्ज महानगरबाट २७ हजार भिटामिन ‘ए’ र ३० हजार ४६० लाई जुकाको औषधी खुवाइन्छ ।

यस्तै ठोरीमा १ हजार ६०० लाई भिटामिन ‘ए’ दुइ हजार बालबालिकालाई जुकाको औषधी खुवाइने स्वास्थ्य कार्यालय पर्साले जनायो ।

कति स्वयंसेविका खटिदै ?

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन जिल्लाभर ८०२ जना स्वास्थ्य स्वयंसेविका परिचालन गरिने कार्यालयले जनाएको छ ।

जसमध्ये वीरगन्ज महानगरपालिकामा २०२, बिन्दबासीनी गाउँपालिका ३६, पकाहामैनपुर गाउँपालिका ४४, छिपहरमाई गाउँपालिका ४८, धोबिनी ४३, कालिकामाई गाउँपालिका ४५, सखुवाप्रसौनी गाउँपालिका ५४, पटेर्वासुगौली गाउँपालिका ३७, जगरनाथपुर गाउँपालिका ५६, जिराभवानी गाउँपालिका ४५, ठोरी गाउँपालिका ३० जना स्वयम्सेविका परिचालन गरिने छ ।

यसैगरी पोखरीया नगरपालिका ५४, बहुदरमाई नगरपालिका ६३, पर्सागढी नगरपालिकामा ४५ जना स्वयम्सेविका खटाइने कार्यालयले जनाएको छ ।

भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि सबै पालिकामा पठाइसकिएको खोप अधिकृत मिश्रले बताए

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै