ट्रेन्डिङ

प्रदेशमा आफ्नो प्रहरी संगठन नभएसम्म सरकार सञ्चालन प्रभावकारी हुँदैन : विमलेन्द्र निधि

धनुषा । नेपाली कांग्रेसका नेता तथा संघीय सांसद विमलेन्द्र्र निधिले प्रदेशमा आफ्नो प्रहरी संगठन नभएसम्म सरकार सञ्चालनमा समस्या हुने बताएका छन् । जनकपुरधाम विमानस्थलमा बिहीबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

प्रहरी संगठनको अभावमा विभिन्न समस्या निम्तिएको गुनासो प्रत्येक प्रदेशबाट आउने गरेको उनको भनाइ छ । उनले भने, ‘आफ्नो प्रहरी सङ्गठनको अभावमा विभिन्न समस्या हुने गरेको गुनासो प्रत्येक प्रदेशबाट आउने गरेको छ । तसर्थ जबसम्म प्रदेशमा आफ्नो प्रहरी सङ्गठन हुँदैन त्योबेलासम्म प्रदेश सरकारको काम कारबाही प्रभावकारी हुँदैन ।’

पूर्वगृहमन्त्री समेत रहनुभएका निधिले हरेक प्रदेशको आफ्नै प्रहरी संगठन हुनुपर्नेमा जोड दिएका थिए । उनका अनुसार सबैले प्रदेश प्रहरी समायोजन भन्दैछन् मैले भने सङ्गठन भन्छु । त्यो सरकारले समायोजन गरेर होस् या नयाँ भर्ना गरेर, तर प्रहरी सङ्गठन प्रदेशको आफ्नै हुनुपर्छ ।

देशमा संघीयता भित्रिएको लामो समय भइसक्दा पनि प्रदेश प्रहरी ऐन पारित नहुनु दुःखद भएको उनको जिकिर छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै