ट्रेन्डिङ

एमाले वीरगन्ज महानगर संयोजक सुन्दर कुर्मीले भने- घटना राजनीतिक प्रेरित जस्तो छ, निष्पक्ष छानबिन गरेर वास्तविक दोषीलाइ कारबाही गरियोस

वीरगन्ज । नेकपा एमाले वीरगन्ज महानगर कमिटीका संयोजक सुन्दर कुर्मीले सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यस्वन्त यादवको घटना राजनीति प्रेरित रहेको टिप्पणी गरेका छन ।

संयोजक कुर्मीले सोमबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै यादव विद्यार्थी जीवनदेखि नै स्वच्छ राजनीतिक कर्मी रहेको दाबी गरेका हुन् ।

उनले यादवको जुवा–तास खेल्ने बानीसमेत नरहेको उल्लेख गरेका छन् ।

‘सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष यस्वन्त यादव विद्यार्थी जीवनकालदेखि स्वच्छ राजनीतिक कर्मी हुन् । जुवा तास खेल्ने उनको बानी छैन,’ कुर्मीले लेखेका छन् ।

पर्सा प्रहरीले वीरगन्जस्थित गण्डकमा रहेको क्लार्क रिसोर्टमा सञ्चालित गोल्डेन फिगर क्यासिनोबाट गाउँपालिका अध्यक्ष यादवसहित ८ जनालाई पक्राउ गरेको घटनाप्रति संकेत गर्दै कुर्मीले घटना राजनीतिक प्रतिशोधबाट प्रेरित हुनसक्ने आशंका व्यक्त गरेका छन् ।

उनले घटनाको निष्पक्ष छानबिन गरी वास्तविक दोषीलाई कानुनी कारबाही गर्न माग गरेका छन् ।

‘घटनाक्रम हेर्दा विशुद्ध राजनीतिक प्रतिशोधात्मक रहेकोले निष्पक्ष छानबिन गरी वास्तविक दोषीलाई कानुनी कारबाही गरियोस्,’ उनले फेसबुकमा लेखेका छन् ।

यादवसहित पक्राउ परेका व्यक्तिहरूमाथि प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ ।

घटनाबारे अनुसन्धानको निष्कर्ष आउन बाँकी रहेका बेला एमाले महानगर कमिटी संयोजक कुर्मीको यस्तो धारणा सार्वजनिक भएको हो ।

कुर्मीको अभिव्यक्तिले यादवको पक्षमा राजनीतिक समर्थन बढ्दै गएको संकेत गरेको छ ।

Screenshot

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै