ट्रेन्डिङ

समता घरेलु लघुवित्तलाई एफपीओ जारी गर्न बोर्डकोअनुमति

१ कात्तिक, काठमाडौं । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई ३ लाख ५० हजार ९०४ कित्ता एफपीओ जारी गर्न अनुमति दिएको छ ।

समता घरेलु लघुवित्तले थप सार्वजनिक निष्कासन (एफपीओ) अनुमति पाएको हो । कम्पनीले प्रतिकित्ता १ सयकै दरमा एफपीओ जारी गर्नेछ । कम्पनीले एफपीओबाट कुल ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ संकलन गर्नेछ ।

एफपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । हाल यस कम्पनीको कुल ५६ लाख ४० हजार ६३ कित्ता सेयर बजारमा सूचीकृत छ । सर्वसाधारणलाई कम्तीमा ३० प्रतिशत सेयर हिस्सा पुर्‍याउनुपर्नेमा यस कम्पनीको २६। २० प्रतिशत मात्रै छ ।

सर्वसाधारणलाई कम्तीमा ३० प्रतिशत सेयर हिस्सा पुर्‍याउन कम्पनीले एफपीओ जारी गर्न लागेको हो । बुधबार बजार बन्द हुँदा यस कम्पनीको मूल्य प्रतिकित्ता ९४५ रुपैयाँ छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै