एसईई नतिजा : पर्सामा यस वर्ष ३९ दशमलव ७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

५ हजार जना फेल

वीरगन्ज । पर्सा जिल्लामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सुधारोन्मुख देखिएको छ।

शिक्षा विकास तथा समन्वय इकाइ पर्साका अनुसार  गतवर्षको तुलनामा यसवर्ष उत्तीर्ण विद्यार्थी संख्या बढेको हो । यो वर्ष नियमिततर्फ कुल ८ हजार ४ सय १२ परीक्षार्थी सहभागी थिए । जसअनुसार ३ हजार ३४४ जना उत्तीर्ण भएका इकाइ प्रमुख मोतीप्रसाद भट्टराइले जानकारी दिए ।

उनका अनुसार यो जिल्लाको कुल उत्तीर्ण प्रतिशतको ३९ दशमलव ७५ हो ।

इकाइले सार्वजनिक गरेको नतिजाअनुसार सबैभन्दा धेरै विद्यार्थी ५० देखि ६० प्रतिशत उपलब्धि समूहमा रहेका छन् । यस समूहमा ९४९ विद्यार्थी उत्तीर्ण भएका छन् ।

यसैगरी ७० देखि ८० प्रतिशत अंक प्राप्त गर्ने विद्यार्थी ८९२ जना, ४० देखि ५० प्रतिशत ल्याउने ७१८ जना रहेका उनले बताए ।

यसैगरी सबैभन्दा उत्कृष्ट अर्थात् ९० प्रतिशतभन्दा बढी अंक पाउने विद्यार्थी संख्या सबैभन्दा कम अर्थात् जम्मा १० जना रहेका प्रमुख भट्टराइले बताए । यस्तै ८० देखि ९० प्रतिशत ल्याउने ४४७ जना विद्यार्थी रहेका छन् ।

यस्तै ६० देखि ७० प्रतिशत उपलब्धि हासिल गर्ने २८९ जना र ३५ देखि ४० प्रतिशत उपलब्धि ल्याउने ३९ जना विद्यार्थी उत्तीर्ण भएका शिक्षा विकास तथा समन्वय इकाइको रेकर्ड छ ।

गतवर्ष पर्साबाट ३२ प्रतिशत विद्यार्थी उत्तीर्ण थिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै