ट्रेन्डिङ

बोक्सी हो’ भन्दै कुटपिट गरि महिलालाइ ‘मलमूत्र’ खुवाउने एक जना रौतहटबाट पक्राउ

अन्यको खोजी जारी

रौतहट । बोक्सीको आरोप लगाउँदै एक महिलामाथि कुटपिट गर्ने एक पुरुषलाइ प्रहरीले रौतहटबाट पक्राउ गरेको छ ।

प्रहरीका अनुसार कटहरिया नगरपालिका–९ डुमरिया टोल बस्ने करिब ५५ वर्षीया महिलामाथि सोही स्थानका केही व्यक्तिहरूले ‘यो बोक्सी हो’ भन्दै गालीगलौज, लछारपछार गर्दै कुटपिट गर्नुका साथै ‘मलमूत्र’ खवाएर दुर्व्यवहार गरेका थिए। आफ्नो नातेदार बालकलाई बिरामी बनाएको आरोप लगाउँदै अमानवीय तथा अपमानजनक व्यवहार गरिएको भन्दै ति महिलाले इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दिएकी थिइन् ।

जाहेरीपछि खटिएको इलाका प्रहरी कार्यालयको टोलीले घटनामा संलग्नमध्ये कटहरिया नगरपालिका–९ बस्ने करिब ३० वर्षीय शंकर माझीलाई पक्राउ गरिएको डिएसपी बिष्णु प्रदिप बस्यालले जानकारी दिए ।

उनका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जिल्ला प्रहरी कार्यालयले जानकारी दियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै