ट्रेन्डिङ

आइतबार सुन सस्तो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले घटेर २ लाख ९५ हजार १ सय रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन सुन प्रतितोला २ लाख ९६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो भने गत आइतबार २ लाख ९९ हजार २ सय रुपैयाँ पुगेको थियो।

यसैगरी, चाँदीको मूल्य भने आज वृद्धि भएको छ।

चाँदी प्रतितोला ६५ रुपैयाँले बढेर ५ हजार १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

अघिल्लो दिन चाँदी ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो भने गत आइतबार ४ हजार ९९५ रुपैयाँमा किनबेच भएको थियो।

अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव देखिएको व्यवसायीहरू बताउँछन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै