ट्रेन्डिङ

मधेसमा बुधबारदेखि तीव्र हावाहुरीको चेतावनी, सतर्कता अपनाउन आग्रह

के-के नगर्ने ?

वीरगन्ज । मधेश प्रदेशसहित देशका विभिन्न भागमा तीव्र हावाहुरी चल्ने सम्भावना देखिएको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार साँझदेखि बिहीबार बिहानसम्म मधेशका बारा, धनुषा लगायत आसपासका जिल्लामा तीव्र हावाहुरी चल्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको हो ।

प्रवक्ता शान्ति महतका अनुसार कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा हावाहुरीसँगै मेघगर्जन, चट्याङ तथा असिनासहित वर्षा हुने सम्भावना छ। हावाहुरीको प्रभाव बुधबार साँझ पौने ६  बजेदेखि सुरु भई बिहीबार बिहान पौने ९ बजेसम्म रहन सक्ने अनुमान छ ।

जसकारण रुख ढल्ने, कमजोर संरचना भत्किने, छाना उड्ने तथा विद्युत् र सञ्चार सेवा प्रभावित हुन सक्ने जोखिम औँल्याइएको छ। सोहीबाट हून सक्ने दुर्घटनालाइ मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन अनुरोध गरिएको हो ।

हावाहुरीको समयमा के-के नगर्ने ?

हावाहुरीको समयमा अनावश्यक रूपमा घरबाहिर ननिस्कन, झ्याल–ढोका राम्रोसँग बन्द गर्न अनुरोध गरिएको छ ।

यसैगरी जस्तालगायतबाट बनेका छाना कमजोर छ भने बन्धन बलियो बनाउन, घरबाहिर तथा भित्र आगो बाल्दा सावधानी अपनाउन पनि अनुरोध गरिएको छ।

यस्तै लत्रिएको बिजुलीको तार नछुन, लड्न सक्ने कमजोर संरचना, रुख, खम्बा नजिक र बिजुलीको तार मुनी नबस्न अनुरोध गरिएको छ । भने हावाहुरीले विभिन्न सामानहरु उडाएर ल्याउन सक्ने भएकाले त्यसको चोटपटकको जोखिमबाट बॅंच्न आग्रह गरिएको छ ।

साथै, मौसमसम्बन्धी पूर्वानुमान तथा सूचनाबारे नियमित जानकार रहदै आवश्यक सुरक्षा उपाय अपनाउन प्राधिकरणले अनुरोध गरेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै