ट्रेन्डिङ

६ किलो १८ ग्राम गाँजासहित पर्साबाट चार जना पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले लागू औषध गाँजासहित ४ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १६ शंकराचार्य गेटबाट सोमबार राती उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा भारत बिहार पश्चिम चम्पारण बेतिया थाना नगर निगम वडा नम्बर ३३ का सफि अहम्मद, मझमलिया ग्राम सरेसवर–९ बस्ने विनय ठाकुर, नौराङावाद–३३ बस्ने मुकिम मियाँ र मिनाबजार–२५ बस्ने महम्मद एकवाल रहेका छन् ।

प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले सवारी साधन तथा पैदल यात्रुहरुलाई नियमित जाँच गरेको थियो । सोही क्रममा वीरगन्जबाट रक्सौलतर्फ जादैँ गरेका उनीहरुलाई शंका लागि जाँच गर्दा लागू औषध फेला पारेको पर्सा प्रहरीका डिएसपी हरि बहादुर बस्नेतले बताए ।

उनीहरुको साथबाट गाँजा जस्तो देखिने पदार्थ प्लाष्टिक बाहेक ६ किलो १८ ग्राम फेला पारेको प्रहरीको भनाइ छ ।

पक्राउ परेका सबैलाई पर्सा प्रहरीको हिरासतमा राखेर लागू औषध सम्बन्धि कसूरमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनायो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै