ट्रेन्डिङ

वीरगन्ज–पथलैया–चुरियामाई खण्डमा सडक विस्तार तीव्र : अतिक्रमित संरचना हटाउन अल्टिमेटम

आदेश नमान्नेलाई के हुन्छ कारवाही ?

वीरगन्ज । सडक डिभिजन हेटौंडाले पर्साको मुख्य सडक विस्तार कार्य तीव्र बनाउँदै अतिक्रमित संरचना हटाउने प्रक्रिया अघि बढाएको छ।

आइतबार बिहानदेखि त्रिभुवन राजपथ अन्तर्गत वीरगन्जको गण्डक चोकदेखि मितेरी पुलसम्मको सडक दायाँ–बायाँ २५–२५ मिटर विस्तार सुरु गरिएको हो।

यससँगै बाराको पथलैयादेखि मकवानपुरको सीमा क्षेत्र चुरियामाई सम्मको खण्डमा पनि सडक विस्तारको तयारी थालिएको छ। गण्डकदेखि पथलैयासम्मको भाग भने यसअघि नै विस्तार भइसकेको छ।

सडक डिभिजन कार्यालयका प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार पथलैया–चुरियामाई खण्डमा २५ मिटरभित्र पर्ने घरटहरा वैशाख १० भित्र हटाउन अल्टिमेटम जारी गरिएको छ ।

तोकिएको समयभित्र खाली नगरेर अटेर गर्ने तथा आदेश नमान्नेलाई कानुनी कारबाही गरिने चेतावनी दिइएको छ। कार्यालयले सार्वजनिक सडक ऐन, २०३१ अनुसार प्रक्रिया अघि बढाउने उनको चेतावनी छ ।

यसअघि पनि २०७३ पुस १८ र २०८० असार ९ मा सूचना जारी गर्दै महेन्द्र राजमार्ग अन्तर्गत पथलैया–चुरियामाई खण्डमा रहेका अतिक्रमित संरचना हटाउन आग्रह गरिएको थियो, तर कार्यान्वयन नभएपछि पुन: अहिले कडाइ गरिएको कार्यालयले जनायो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै