ट्रेन्डिङ

आफुमाथि लागेको आरोपबारे गृहमन्त्री गुरुङले भने- पार्टी निर्णयको पालना गर्छु, अनुसन्धानमा सहयोग गर्न तयार छु

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आफूविरुद्ध उठेका आरोपप्रति स्पष्टिकरण दिँदै सत्य तथ्य बाहिर ल्याउन कुनै पनि अनुसन्धानमा सहयोग गर्न तयार रहेको बताएका छन् ।

हालै विवादित पृष्ठभूमिका एक व्यवसायीसँग उनको नाम जोडिएपछि सार्वजनिक रूपमा विभिन्न प्रश्न उठिरहेका बेला मन्त्री गुरुङले आरोपलाई प्रमाणबाटै पुष्टि गर्नुपर्नेमा जोड दिएका हुन् ।

उनले भावनामा बगेर निर्णय गर्न नहुने भन्दै यथार्थ मूल्याङ्कन प्रमाणका आधारमा हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।

गुरुङले आफूविरुद्ध लागेका आरोपहरूलाई अस्वीकार गर्दै सत्य र आरोपबीच स्पष्ट भिन्नता रहेको उल्लेख गरे ।

साथै, यस विषयमा आफ्नो पार्टीले गर्ने जुनसुकै निर्णयलाई पूर्ण रूपमा स्वीकार गर्ने प्रतिबद्धता समेत जनाए ।

उनले देश र लोकतन्त्रका लागि शहीदहरूले गरेको बलिदानलाई स्मरण गर्दै सार्वजनिक बहस तथ्य र प्रमाणमा आधारित हुनुपर्ने बताए ।

अनावश्यक हल्ला र अड्कलबाजीभन्दा बाहिर निस्केर सत्यको खोजी गर्न उनले सबैलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै