ट्रेन्डिङ

वीरगन्ज महानगरले भन्यो- भोली मुर्ली गाउँमा पनि घर भत्काइन्छ, सम्बन्धित सबै घर आजै खाली गर्नुहोला

कहाँदेखि कहाँसम्म भत्काइनेछ ?

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले बाइपासस्थित मुर्ली क्षेत्रमा सडक विस्तारका लागि बाँकी रहेका संरचना हटाउने कार्यलाई तीव्र बनाएको छ।

महानगरले जारी गरेको सूचनाअनुसार सोमबार (भोली) दिउँसो ३ बजेसम्म सम्बन्धित क्षेत्रका संरचना खाली गर्न आग्रह गरिएको छ।

सूचनाअनुसार वडा नम्बर १२ र १३ अन्तर्गत पर्ने बाइपास क्षेत्रको नेपाल आयल निगम क्षेत्रीय कार्यालयदेखि मुर्ली चोकसम्मको सडक विस्तार कार्य भइरहेको छ।

उक्त खण्डमा सडकको केन्द्रबाट दायाँ–बायाँ ५/५ मिटर गरी कुल १० मिटर चौडाइ कायम गर्ने लक्ष्य राखिएको छ।

यसअघि नै स्वीकृत मापदण्डअनुसार अधिकांश स्थानमा निर्माण सम्पन्न भइसकेको भए पनि केही संरचना अझै बाँकी रहेकाले विस्तार कार्यमा अवरोध भइरहेको महानगरले जनाएको छ।

सोही कारण अब बाँकी रहेका संरचनाहरू सोमबार दिउँसो ३ बजेसम्म अनिवार्य रूपमा हटाउन निर्देशन दिइएको हो।

महानगरले सूचनाको अवज्ञा गरी संरचना खाली नगरेमा डोजरमार्फत हटाइने चेतावनीसमेत दिएको छ।

सडक विस्तार कार्यलाई समयमै सम्पन्न गर्न स्थानीयवासीसँग सहकार्यको अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै