काठमाण्डौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य हर्कराज राई (साम्पाङ) को फेसबुक आइडी बन्द भएको छ। धेरै रिपोर्ट भएपछि बिहीबार दिउँसोबाट उनको फेसबुक बन्द भएको हो।
यद्यपि, उनका आइटी बिज्ञले फेसबुक खुलाउने प्रयास गरिरहेका जनाइएको छ ।
साम्पाङले आजै विमानस्थल अवतरण गरेपछि स्ट्याटस लेखेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नासाथ ‘यलम्बर विमानस्थलमा अवतरण गरेको’ भन्दै लेखेका थिए।