काठमाण्डौँ। प्रधानमन्त्री बालेन्द्र साह (बालेन) ले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरेका छन् ।
बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनले मुख्यमन्त्रीहरूसँग छलफल गरेका हुन् ।
छलफलमा मधेससहित ५ प्रदेशका मुख्यमन्त्रीहरुको सहभागीता थियो । अर्थात् छलफलमा मधेस प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश गरी पाँच जना मुख्यमन्त्रीहरुको उपस्थिति रहेको जनाइएको छ ।
प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीलाई छलफलमा बोलाएका थिए । तर, कोशी र सुदूरपश्चिम मुख्यमन्त्री छलफलमा अनुपस्थित रहे ।
छलफलमा विकास निर्माण कार्यलाई तीव्रता दिने, स्रोत–साधनलाई समुचित बाँडफाँड सुनिश्चित गर्ने तथा संघ र प्रदेश सरकारबिचको सहकार्य सुदृढ बनाउनेबारे कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
