वीरगन्ज । नेपालमा इन्धनको मूल्यमा पुनः वृद्धि गरिएको छ।
नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले बढाएको घोषणा गरेको हो।
निगमले बुधबार जारी गरेको विज्ञप्तिअनुसार नयाँ मूल्य बिहीबार बिहान १२ बजेदेखि लागू हुने जनाइएको छ।
यस समायोजनसँगै डिजेल र मट्टितेलको मूल्य उल्लेखनीय रूपमा बढेको छ भने पेट्रोलको मूल्य भने यथावत् राखिएको छ।
यस्तै, आन्तरिक उडानतर्फको हवाई इन्धनमा पनि प्रतिलिटर ५ रुपैयाँले वृद्धि गरिएको निगमले जनाएको छ।
नयाँ मूल्य समायोजनपछि उपभोक्तामा थप आर्थिक भार पर्ने देखिएको छ।