ट्रेन्डिङ

कृषि मन्त्रालयको आग्रह : तरकारी तथा फलफूलमा बिषादी नियन्त्रण गर्नुस्

काठमाण्डौँ । कृषि मन्त्रालयले तरकारी तथा फलफूलमा बिषादी प्रयोगमा नियन्त्रण गर्न आग्रह गरेको छ ।

मन्त्रालयको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन महाशाखाले सबै स्थानीय तहहरूलाई सोमबार पत्राचार गर्दै यस्तो आग्रह गरेको हो ।

मन्त्रालयले तरकारी तथा फलफूलमा अनियन्त्रित रूपमा प्रयोग भइरहेका घातक र प्रतिबन्धित विषादी नियन्त्रणका लागि देशभरका स्थानीय तहसमक्ष अनुरोध गरेको हो ।

हालैका दिनमा विभिन्न सञ्चार माध्यममा आएका समाचार र सरोकारवाला निकायको सूचनालाई आधार मान्दै मन्त्रालयले मानव स्वास्थ्य र वातावरणीय सन्तुलनमा गम्भीर खतरा देखिएको भन्दै उक्त कदम चालेको हो।

नेपालको संविधानले कृषि तथा कृषि उत्पादन व्यवस्थापनको जिम्मेवारी स्थानीय तहलाई सुम्पिएकाले जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको यो विषयमा स्थानीय सरकारको भूमिका निर्णायक हुने जनाइएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै