ट्रेन्डिङ

वीरगन्जबाट संजय अग्रवाल महासंघ मधेस प्रदेशको उपाध्यक्षमा निर्विरोध निर्वाचित

वीरगन्ज । नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशको हालै सम्पन्न अधिवेशनबाट वीरगन्जका उद्योगी संजय कुमार अग्रवाल उपाध्यक्ष (एशोसिएट तर्फ) पदमा निर्विरोध निर्वाचित भएका छन्।

सातौं प्रदेश सभाबाट वीरगन्जका अग्रवाल उपाध्यक्ष (एशोसिएट तर्फ) पदमा निर्विरोध निर्वाचित भएका हुन ।

निर्वाचनपछि अग्रवालले आफूलाई निर्विरोधरूपमा चयन गरिदिएकोमा मधेस प्रदेशका सम्पूर्ण अध्यक्षहरू, कार्यसमिति सदस्यहरू तथा उद्योगी व्यवसायीहरूप्रति हार्दिक आभार व्यक्त गरेका छन्।

उनले आफूलाई दिइएको विश्वास र भरोसाले थप जिम्मेवारीबोध गराएको उल्लेख गरेका छन्।

अधिवेशन सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण शुभेच्छुकहरूप्रति पनि उनले विशेष धन्यवाद ज्ञापन गरेका छन्।

अग्रवालले आगामी दिनमा मधेस प्रदेशका उद्योगी तथा व्यवसायीहरूको हकहितको संरक्षण गर्दै क्षेत्रको आर्थिक विकास र समृद्धिका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।

उनले अग्रजहरूको मार्गदर्शन तथा सरोकारवालाहरूको सल्लाहलाई आत्मसात् गर्दै मधेस प्रदेशलाई औद्योगिक तथा व्यावसायिक रूपमा अझ सुदृढ र व्यवस्थित बनाउने लक्ष्यसहित अघि बढ्ने बताएका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै