ट्रेन्डिङ

पर्साबाट राष्ट्रिय नेतृत्वमा उदय : साझेदारी वन महासंघको महाधिवेशनमा २ जना पदाधिकारीमा निर्वाचित

वीरगन्ज। साझेदारी वन उपभोक्ता महासंघ नेपालको चौथो राष्ट्रिय महाधिवेशनबाट पर्सा जिल्लाले उल्लेखनीय उपलब्धि हासिल गरेको छ ।

महाधिवेशनबाट सर्वसम्मतरूपमा पर्साबाट दुई जना नेतृत्व तहमा निर्वाचित भएपछि जिल्लामा खुशी र गर्वको माहोल बनेको छ ।

लुम्बिनीमा सम्पन्न महाधिवेशनले बिन्दवासिनी–कोइलाभार बढनिहार साझेदारी वन उपभोक्ता समूहका रिजानुलहकलाई महासंघको सचिवमा चयन गरेको छ ।

त्यस्तै गादीमाई साझेदारी वन उपभोक्ता समूहका सहरुम राउत गद्दी महासंघको उपाध्यक्षमा निर्वाचित भएका छन् ।

वन संरक्षण, व्यवस्थापन र सामुदायिक सशक्तिकरणमा पर्साका उपभोक्ताहरूको सक्रियता र योगदानको कदर गर्दै दुबैजनालाइ राष्ट्रिय नेतृत्वमा चयन गरिएको महासंघका सस्थापक अध्यक्ष रामरुप कुर्मीले बताएका छन् ।

उनका अनुसार यसले पर्साको वन व्यवस्थापन क्षेत्रमा देखिएको सकारात्मक अभ्यास र नेतृत्व क्षमतालाई राष्ट्रिय स्तरमा स्थापित गरेको विश्वास लिइएको छ ।

स्थानीयस्तरमा प्रभावकारी काम गर्दै आएका यी दुवै व्यक्तित्वको नेतृत्वले अब राष्ट्रिय स्तरमा पनि वन संरक्षण, दिगो उपयोग र उपभोक्ता अधिकार सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै