ट्रेन्डिङ

अध्यक्ष ओली पक्राउपछि एमालेको आकस्मिक बैठक

आन्दोलनको तयारी

काठमाडौँ । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि आकस्मिक रूपमा बैठक बोलाएको छ।

पार्टीका सचिव महेश बस्नेतले बिहान साढे ८ बजे सचिवालय बैठक बस्ने जानकारी दिएका छन्। उनले उक्त बैठकबाट आन्दोलनका कार्यक्रमसमेत घोषणा गरिने बताएका छन्।

बस्नेतले राजनीतिक बन्दी नहुनु लोकतन्त्रको महत्वपूर्ण मापदण्ड हुने उल्लेख गर्दै नेपाल विगतमा यस्तो उदाहरणका रूपमा चिनिँदै आएको तर पछिल्ला घटनाक्रमले देशको राजनीतिक अवस्थाप्रति गम्भीर चिन्ता पैदा गरेको बताएका छन्।

उनले बालेन्द्र शाह नेतृत्वको सरकारले सुधन गुरुङजस्ता अनुभवहीन, विवादित र अराजक व्यक्तिलाई गृहमन्त्री बनाएको तथा पूर्वप्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको घटनाले देशमा द्वन्द्व बढ्ने अवस्था सिर्जना गरेको दाबी गरेका छन्।

‘यस्ता गतिविधिले राजनीतिक प्रतिशोध र पूर्वाग्रह झल्काउँछ,’ ओली र लेखक पक्राउपछि बस्नेतले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन्।

त्यस्तै, उनले सरकारी सम्पत्ति र संरचना जोगाउन नसक्ने तथा आफ्नै सुरक्षा चौकी सुरक्षित राख्न नसक्ने अवस्था रहेको प्रहरी संगठन अहिले लोकतन्त्रका लागि संघर्ष गरेका नेताहरूलाई पक्राउ गर्न ठूलो संख्यामा परिचालन भएको देख्दा दुःख लागेको टिप्पणी गरेका छन्

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै