जनकपुर । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको १५ सदस्यीय मन्त्रिपरिषद्मा मधेश प्रदेशबाट केवल एक जना मन्त्री मात्र समावेश भएका छन्।
महोत्तरी–२ बाट प्रत्यक्ष निर्वाचित सांसद दीपककुमार शाह श्रम, रोजगार मन्त्रीका रूपमा मन्त्रिपरिषद्मा सहभागी भएका छन्।
यससँगै मधेश प्रदेशको प्रतिनिधित्व न्यून देखिएको छ।
नयाँ मन्त्रिपरिषद्मा सबैभन्दा बढी मन्त्री बागमती प्रदेशबाट समावेश भएका छन् भने गण्डकी प्रदेशबाट तीन जना मन्त्री बनेका छन्।
लुम्बिनी, कोशी र कर्णालीबाट एक–एक जना तथा सुदूरपश्चिमबाट दुई जना मन्त्री सहभागी छन्।
प्रदेशगत हिसाबले हेर्दा मधेश प्रदेशबाट मात्र एक जना मन्त्री समावेश हुनु क्षेत्रीय सन्तुलनको दृष्टिले कमजोर उपस्थिति मानिएको छ।