काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधीनमन्त्रीसहित १५ मन्त्रीको टुंगो लगाएको छ ।
जसअनुसार पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाइ शुक्रबार बिहान नेपालको संविधानको धारा ७६ को उपधारा १ बमोजिम प्रधानमन्त्री नियुक्त गरेका हुन् । उनलाइ आजै दिउॅंसो १२ बजेर ३४ मिनेटमा शपथ र पदभार ग्रहण गराइने कार्यतालिका छ ।
यसैबिच बालेन नेतृत्वको सरकारमा १५ जना मन्त्रीमण्डल हुनेछन्। शुक्रबार बिहान बसेको पार्टीको बैठकले सरकारमा सहभागी हुने आफ्ना मन्त्रीहरु ‘कन्भर्म’ गरेको हो ।
बालेन सरकारमा को-को बन्दैछन् मन्त्री । (नामसहित )
१. बालेन शाह – प्रधानमन्त्री
२.सुदन गुरूङ – गृहमन्त्री
३.स्वर्णिम वाग्ले – अर्थमन्त्री
४.सोबिता गौतम – कानुन मन्त्री
५.शिशिर खनाल – परराष्ट्र मन्त्री
६.विराजभक्त श्रेष्ठ – ऊर्जा मन्त्री
७. अमरेश सिंह – उद्योग मन्त्री
८. प्रतिभा रावल – सामान्य प्रशासन मन्त्री
९. गीता चौधरी – कृषि मन्त्री
१०. विक्रम तिमिल्सिना – सञ्चार मन्त्री
११. दीपक साह – श्रम मन्त्री
१२. सस्मित पोखरेल – शिक्षा मन्त्री
१३. खड्क पौडेल (गनेश) – पर्यटनमन्त्री
१४. सीता वादी – महिला तथा बालबालिका मन्त्री
१५. निशा मेहता – स्वास्थ्य मन्त्री
संविधानअनुसार २५ सदस्यीय मन्त्रिमण्डल बनाउन पाइने भए पनि मन्त्रालय संख्या घटाएर १५ मा झार्न लागिएको हो ।