ट्रेन्डिङ

पर्साबाट साढे १० लाखभन्दा बढी मूल्यका सामान पक्राउ

बीरगन्ज । सशस्त्र प्रहरी बलले पर्साबाट साढे १० लाख मूल्यभन्दा बढीका भन्सार छलीका सामान पक्राउ गरेको छ । सशस्त्र प्रहरीले १० लाख ५७ हजार मूल्य बराबरका भन्सार छलीका सामान पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्मबाट खटिएको सशस्त्र प्रहरीको टोलीले बीरगन्ज महानगरपालिका वडा नम्बर १६ स्थितबाट उक्त मूल्यका सामान बरामद गरेको जनाएको छ ।

बरामद गरिएका सामानमा मोटरपार्टस्, कस्मेटिक, मोबाइल एक्सेसोरिज, लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान लगायतका रहेका सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्र सिंह धामीले बताए ।

उनका अनुसार सवारी साधनसहित भन्सार छलेर भित्र्याइएका सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै