वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महत्वपूर्ण केन्द्रीय समिति बैठक बोलाएको छ।
पार्टीका अनुसार बैठक चैत १२ गते अपराह्न ४ बजे बस्ने तय गरिएको छ।
वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्ने बैठक सभापति रवि लामिछाने को निर्देशनमा बोलाइएको हो।
बैठकको मुख्य एजेन्डामा संसदीय दलको नेता चयनलाई राखिएको छ भने अन्य समसामयिक र आन्तरिक विषयमा पनि छलफल हुने जनाइएको छ।
स्मरणीय छ, प्रतिनिधिसभा निर्वाचनका क्रममा रास्वपाले बलेन्द्र शाह ‘बालेन’लाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको थियो।
यस सन्दर्भमा बैठकले पार्टीको आगामी राजनीतिक दिशा तय गर्ने जनाइएको छ।