ट्रेन्डिङ

सार्वजनिक यातायातमार्फत वीरगन्ज–काठमाडौं लागुऔषध तस्करी, ५२ हजारभन्दा बढी ट्याब्लेटसहित दुई पक्राउ

वीरगन्ज । वीरगन्जबाट काठमाडौं लैजान लागिएको ठूलो परिमाणको प्रतिबन्धित लागुऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक यातायात प्रयोग गरेर लागुऔषध ओसारपसार भइरहेको घटनाको खुलासा गरेको हो।

प्रहरीका अनुसार पछिल्लो समय लागुऔषध कारोबारीहरूले सार्वजनिक सवारीलाई नै तस्करीको माध्यम बनाउन थालेको सूचना पाएपछि निगरानी बढाइएको थियो।

सोही क्रममा शनिबार बिहान वीरगन्ज बसपार्कबाट काठमाडौंतर्फ छुटेको सुमो गाडीलाई प्रहरीले जाँच गरेको थियो।

जाँचका क्रममा गाडीको छतमा त्रिपालले ढाकेर लुकाइ राखिएको अवस्थामा ५२ हजार ३ सय पीस ट्रमाडोल ट्याब्लेट बरामद गरिएको पर्सा प्रहरी प्रमुख एसपी सुदिपराज पाठकले जानकारी दिए।

घटनासँग सम्बन्धित आरोपमा प्रहरीले बारा परवानीपुर गाउँपालिका–१ का सुमो चालक रामअशिष अहिर र पर्साको बहुदरमाइ नगरपालिका–२ निवासी सुवास सर्राफलाई पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार उनीहरूलाई लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ। साथै घटनामा प्रयोग भएको ना १ ज २७६५ नम्बरको सुमो पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै