वीरगन्ज । पर्सा प्रहरीले ठूलो परिमाणमा लागुऔषध ट्याब्लेट बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरीले प्रतिबन्धित लागुऔषध ट्याब्लेट बरामद गरेको पर्सा प्रहरीले जानकारी दिएको छ ।
करिब ५० बढी प्रतिबन्धित ट्याब्लेट बरामद गरिएको पर्सा प्रहरी प्रमुख सुदिपराज पाठकले बताए ।
उनका अनुसार अहिले धेरै परिणाममा लागुऔषध बरामद गरिएको छ, अन्य विवरण बारे अनुसन्धान भइरहेको छ ।
प्रहरीले बरामद गरेको ट्याब्लेटसहित आवश्यक विवरण अहिले ४ बजे हुने पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी गरेको जनाइएको छ