ट्रेन्डिङ

ग्यास अभाव बढेपछि अब आधा सिलिन्डर मात्र वितरण गर्ने निर्णय

काठमाडौं । खाना पकाउने एलपी ग्यासको आपूर्ति प्रभावित भएपछि अब उपभोक्तालाई आधा सिलिन्डर मात्रै बिक्री–वितरण गरिने भएको छ ।

पश्चिम एशियामा जारी द्वन्द्वका कारण ग्यास आयातमा समस्या देखिएपछि यस्तो निर्णय गरिएको हो ।

नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार बिहीबार बसेको निगम सञ्चालन समितिको बैठकले ग्यास अभाव व्यवस्थापन गर्न आधा सिलिन्डर मात्रै बिक्री–वितरण गर्ने निर्णय गरेको हो ।

उनले हाल देखिएको आपूर्ति समस्या व्यवस्थापन गर्दै धेरैभन्दा धेरै उपभोक्तासम्म ग्यास पु¥याउने उद्देश्यले यस्तो व्यवस्था लागू गरिएको बताए ।

यसअघि पनि करिब ६ वर्षअघि भारतले नाकाबन्दी गर्दा देशभर ग्यास अभाव भएपछि उपभोक्तालाई आधा सिलिन्डरका दरले ग्यास वितरण गरिएको थियो ।

निगमले हालको आपूर्ति अवस्था सामान्य नहुँदासम्म यो व्यवस्था कायम रहने जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै