ट्रेन्डिङ

पर्सामा रास्वपाको क्लिनस्वीप, के भन्छन् रास्वपाका जिल्ला सभापति पन्त ?

वीरगन्ज । कांग्रेसको किल्लाको रुपमा चिनिएको पर्साको जिल्लाको पहिचान फेरिएको छ ।

२१ फागुनमा भएको निर्वाचनको परिणामले कांग्रेस र एमालेको गढ भत्काउँदै नयाँ इतिहास रचेको छ । जेनजी आन्दोलन पश्चातको निर्वाचनले जिल्लाका हेभिवेट उम्मेदवारलाई पराजित मात्रै गरेको छैन, नयाँ रेकर्ड नै बनाएको छ ।

रास्वपाका नयाँ अनुहारका उम्मेदवारले कांग्रेस र एमालेका हेभिवेट तथा पूर्वमन्त्रीहरुलाई पराजित गर्दै कांग्रेसको किल्ला भत्काएको छ । पर्साका चारवटै क्षेत्रमा रास्वपाले क्लिनस्वीप गरेको छ ।

०७९ सालको प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारसमेत नभेटाएका रास्वपाले योपटकको निर्वाचनमा क्लिनस्वीप गरेको छ । पर्सा क्षेत्र १ मा रास्वपाका हरि पन्त विजयी भएका छन् ।

यही क्षेत्रमा दुइपटक जितेर मन्त्री भइसकेका प्रदीप यादव तथा कांग्रेसका हेभिवेट उम्मेदवारलाई पराजित गर्दै पन्त विजयी भएका हुन । निर्वाचन आयोगका अनुसार रास्वपाका पन्तले २७ हजार २७४ मत पाएका छन ।

उनी आफ्नो निकटम प्रतिद्वन्द्वी प्रदीप यादवलाई १४ हजार २ सय ४४ मतले पराजित गर्दै निर्वाचित भएका छन् । क्षेत्र नम्बर– २ मा रास्वपाका सुशिलकुमार कानु विजयी भएका छन् ।

कांग्रेसका हेभिवेट उम्मेदवार अजयकुमार चौरसियालाई १८ हजार ८ सय ५० मतले पराजित गर्दै नयाँ अनुहारका कानु विजयी भएका हुन । कांग्रेसका उम्मेदवार चौरसियाले ११ हजार ८ सय ९० मत पाएको निर्वाचन आयोगले जनाएको छ ।

क्षेत्र नम्बर ३ मा पनि रास्वपाका उम्मेदवार रामाकान्त चौरसियाले बाजी मारेका छन् । निर्वाचनमा पहिलोपटक होमिएका चौरसिया पूर्वमन्त्री तथा कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रप्रसाद चौधरीलाई पराजित गरेका छन् ।

चौरसियाले पूर्वमन्त्री चौधरीलाई १३ हजार ३ सय ३१३ मतले पराजित गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसैगरी क्षेत्र नम्बर– ४ मा पनि रास्वपाका नयाँ उम्मेदवारले कांग्रेसकै सिनियर नेतालाई पराजित गरेका छन् ।

रास्वापमा टेकबहादुर शाक्यले कांग्रेसका उम्मेदवार एवम् पूर्वमन्त्री रमेश रिजाललाई १५ हजार ४ सय ७२ मतले पराजित गरेका छन् । रास्वपाका शाक्यले २८ हजार ६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ भने कांग्रेसका रिजाालले १२ हजार ५ सय ३४ मत प्राप्त गरेको तथ्यांक छ ।

रास्वपा पर्सा सभापति पन्तले के भने ?

रास्वपा पर्साका सभापति समेत रहेका प्रतिनिधि सभाका सदस्यमा निर्वाचित पन्तले पर्सामा रास्वपाको क्लिनस्वीपबारे पहिला नै आफूहरु जानकार रहेको बताएका छन् ।

मधेस सञ्चारसंगको कुराकानीमा सांसद पन्तले भने, ‘हामी पहिला ग्राउण्डस्तरमा रिसर्च गरेका थियौं, त्यसमा जनताको भरोस रास्वपातिर ढल्केको पाएका थियौं । त्यस हिसाबले हामी पहिलादेखि नै ढुक्क थियौं ।’

उनका अनुसार जनताले परिवर्तन खोजका थिए, यो त्यसैको परिणाम हो । रास्वपामाथि जनताको विश्वास र भरोसा बढेकोले पर्सा जिल्लामा आफ्नो बलियो पकड बनाएको उनको भनाइ छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै