ट्रेन्डिङ

बीरगन्जमा कात्तिक १ गतेदेखि लामखुट्टे नियन्त्रण अभियान, कुन दिन कुन वडामा ? (सूचिसहित)

बीरगन्ज । बीरगन्ज महानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि पम्प तथा ऐयर स्प्रे गर्ने तयारी गरेको छ ।

जाडोयामको सुरुवातसँगै बढ्दो लामखुट्टे नियन्त्रणका लागि महानगरपालिकाले पम्प तथा ऐयर स्प्रे गर्ने तयारी गरेको हो ।

सरसफाइ व्यवस्थापन शाखा प्रमुख सर्फुदिन मिँयाले कात्तिक १ गतेदेखि महानगरका ३२ वटै वडामा विषादी छर्ने तयारी गरिएको जनाए ।

उनका अनुसार लामखुट्टेको प्रकोप र त्यसबाट फैलिन सक्ने डेंगु, मलेरिया जस्ता प्राणघातक रोगको संक्रमण नियन्त्रणका लागि कार्यतालिका नै तयार पारी महानगरले विषादी छर्नेछ ।

लामखुट्टेको लार्भा मार्नका लागि बिहानदेखि साँझसम्म ३ राउण्ड पम्प स्प्रे तथा वयस्क लामखुट्टे मार्नका लागि बेलुकीदेखि रातीसम्म २ राउण्ड ऐयर स्प्रे गर्ने कार्यतालिका छ ।

महानगरले यो कार्यक्रम कात्तिक १ गतेदेखि २८ गतेसम्म सञ्चालन गर्ने जनाइएको छ ।

पम्प तथा ऐयर स्प्रे छर्ने कार्य कुन दिन कुन वडामा ? (सूचि)

 

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै