वीरगन्ज । पर्सामा ४८ प्रतिशत मत खसेको छ ।
जिल्ला प्रशासन कार्यालयले दिएको ताजा विवरण अनुसार दिँउसो ३ बजेसम्म ४८ दशमलव ४१ प्रतिशतमा मत खसेको हो ।
जिल्लाभर एक लाख हजार ८२ हजार ३०६ जनाले मतदान गरेका पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताए ।
पछिल्लो विवरण अनुसार सबैभन्दा बढी पर्सा निर्वाचन क्षेत्र नम्बर ३ मा मत खसेको छ । अर्थात् त्यहाँ ५० हजार ५९ जनाले मतदान गरेका उनले जनाए ।
यसैगरी पर्सा-२ मा ४४ हजार २६० जनाले मतदान गरेका छन् ।
यस्तै पर्सा-१ मा ४२ हजार १५७ जनाले मतदान गरेका छन् । भने जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ मा ४५ हजार ३७० जनाले मतदान गरेका विवरणमा उल्लेख छ ।