वीरगन्ज । पर्सामा ४१ प्रतिशत मत खसेको छ ।
जिल्ला प्रशासन कार्यालयले दिएको ताजा विवरण अनुसार दिँउसो २ बजेसम्म ४१ दशमलव २३ प्रतिशतमा मत खसेको हो ।
जिल्लाभर एक लाख ५५ हजार ५१ जनाले मतदान गरेका पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताए ।
जसमध्ये सबैभन्दा बढी पर्सा निर्वाचन क्षेत्र नम्बर ४ मा मत खसेको छ । अर्थात् त्यहाँ ४२ हजार ५५३ जनाले मतदान गरेका उनले जनाए ।
यसैगरी पर्सा-२ मा ४१ हजार ९०३ जनाले मतदान गरेका छन् । यस्तै पर्सा-१ मा ३८ हजार १७५ जनाले मतदान गरेका छन् । भने जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा ३२ हजार ४२० जनाले मतदान गरेका विवरणमा उल्लेख छ ।