वीरगन्ज । पर्सामा ३३ प्रतिशतभन्दा बढी मत खसेको छ ।
जिल्ला प्रशासन कार्यालयले दिएको विवरण अनुसार यहां ३३ दशमलव ६७ प्रतिशत मत खसिसकेको छ ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार बिहानदेखि जारी मतदानमा एक लाख २६ हजार ८९४ जना मतदाताले मतदान गरिसकेका छन् ।
जिल्लाभरनै उत्साहजनक रुपले मतदान प्रक्रिया चलिरहेको उनले जनाए ।