वीरगन्ज । बमसहित नेपाली कम्युनिष्ट पार्टी पर्सा क्षेत्र २ का उम्मेदवार मनोज चौधरी पक्राउ परेका छन ।
पर्साको पर्सागढी नगरपालिका बढनिहारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रतिनिधि सभा सदस्यका उम्मेदवार चौधरी सवार गाडीमा बम फेला परेको हुनाले उनलाइ नियन्त्रणमा लिइएको पर्सा प्रहरी प्रमुख सुदिपराज पाठकले बताए ।
बुधबार बिहान जिल्ल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी उनलाइ आज सार्वजनिक गरिएको हो ।
आयोजित पत्रकार सम्मेलन प्रहरी प्रमुख पाठकले उम्मेदवार चौधरी राती हिडेको गाडीमा होक्सी बम भेटिएको बताए ।
उनका अनुसार उनी सवार गाडीमा यसरी शंकास्पद वस्तु बम भेटियो, हामीले बिहान सेनामार्फत डिस्पोज पनि गराइसकेका छौ।
चौधरीसहित उनी सवार गाडीबाट अन्य तीन जनालाइ समेत नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जनाएको छ ।
यद्यपी, अनुसन्धान चलिरहेकोले उनीहरुको अरु विवरण गोप्य राखिएको प्रहरीले जानकारी दिएको छ ।
उम्मेदवार चौधरी सवार बा १० च १२५० नम्बरको गाडीसमेत नियन्त्रणमा लिएको छ ।
चौधरीमाथि प्रहरीले निर्वाचन ऐन २०७३, मुलुकी फौजदारी संहिता अनुसार विस्फोटक पदार्थ सम्बन्धी कसुर , सार्वजनिक शान्तिविरुद्धको कसुर गरी तीन मुद्दा अन्तर्गत अनुसन्धान बढाइएको पर्सा प्रहरीले जनाएको छ ।